चीनकी नेपाल मामिला प्रमुख झेङ भोलि काठमाडौं आउँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली बिहीबार काठमाडौं आउँदैछ । चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली भोलि नेपाल आउन लागेको हो ।

बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल हुँदै गइरहेको भूराजनीति, नेपालको अस्थिर राजनीति र अनिश्चिताबीच घोषित चुनावका दौरान चिनियाँ टोली नेपाल आउन लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चिनियाँ दूतावासस्रोतका अनुसार टोली ३ दिनसम्म नेपालमा रहने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.