मिस लिटिल नेवाः ११४५ को उपाधि ललितपुरकी सुरवि बज्राचार्यले जितिन्

काठमाडौं । ललितपुरकी सुरवि बज्राचार्यले ‘मिस लिटिल नेवाः ११४५’ को उपाधि जितेकी छिन् । १९ फाइनलिस्टलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । जितसँगै उनले ताज नगद २५ हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरिन् ।

कार्यक्रममा काठमाडाैं मैतीदेवीका कृष्टिना महर्जन फस्ट रनरअप घोषित भइन् भने कुलेश्वरकी रिपान्सी श्रेष्ठले सेकेण्ड रनरअपको उपाधि जितिन् । उनले मिस ट्यालेन्टकाे समेत ताज जितेकी छिन् ।

जितसँगै उपविजेता र सहविजेताले ताज सहित क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद र विभिन्न उपहार प्राप्त गरे ।

अर्शिया महर्जनले मिस ट्यालेन्ट फस्ट रनरअप ,
प्रिन्सिका शाहीले मिस ट्यालेन्ट सेकेण्ड रनरअप जित्न सफल भइन् । त्यसैगरी लिडिया महर्जनले बेष्ट नेपालभाषा, राेजलिन शाक्यले बेष्ट ड्रेस, देजला शाक्यले साेसल वयरफेर अम्वासडर चिफकाे उपाधि जितिन् भने , सहिना शाक्यले साेसल वयरफेर अम्वासडर फस्ट रनरअप र बिदिशा महर्जनले साेसल वयरफेर अम्वासडर सेकेण्ड रनरअप जितिन् । त्यसैगरी आन्या महर्जनले मिस डिसिप्लिन, सचिका महर्जनले मिस पब्लिक च्वाइस, श्रीषा श्रेष्ठले मिस कल्चर, आराेग्या महर्जनले मिस कन्फिडेन्ट र बेष्ट स्किन, क्रिस्टिना खड्गीले मिस पर्सनालिटि, सफू बज्राचार्यले मिस इनाेसेन्ट र तस्विर मिस फाेटाेजेनिक, नेभा डंगाेलले बेष्ट हेयर र मिस क्युट, सस्था मानन्धरले वेष्ट स्माइल, श्रेया बलामीले मिस चार्मिङ र क्रिस्टिना खड्गीले
वेष्ट फ्रेन्डसिप जितिन् ।

लायन्स क्लव इन्टरनेशनल 325 का प्रवन्ध निर्देशक मञ्जुश्रीरत्न बज्राचार्य मुख्य निर्णायकको रुपमा रहनुभएकाे कार्यक्रममा
अधिवक्ता लक्ष्यमान महर्जन, डा. शिक्षिता श्रेष्ठ, नमुना फेसन कलेजका भाईस पिन्सिपल जिवेस्वरलाल श्रेष्ठ, नेवार भाषा प्रशिक्षक राजु नापित र ज्यापू समाज यलका अध्यक्ष शान्तमान महर्जन निर्णायक रहेका थिए।

आयोजक संस्थाकी हेमा मानन्धरले यो प्रतियोगिता नेवार समुदायका बालिकाहरुलाई ब्यूटी कन्टेस्टमा भाग लिन लगाउने मात्र नभएर नेवार समुदायको भाषा, लिपि, कला र संस्कृति जोगाउने अभियानमा अभिप्रेरित गरि नेवार हुनुमा गर्व गराउने समेतकाे उद्देश्य रहेको बताइन् । डा. किशाेरराज प्रधानकाे सभापतित्वमा भएकाे कार्यक्रममा आर डि फाउण्डेशनका अध्यक्ष देवकाजी डंगाेल प्रमुख अतिथिको रुपमा थिए भने चर्चित गायिका मिरा राणा विशेष अतिथिका रुपमा आसिन थिए । कार्यक्रममा अन्तराष्ट्रिय स्तरमा स्केटिङ खेलबाट नेपाललाई चिनाउन सफल खेलाडी एवं पूर्व मिस लिटल नेवाः ११४१ नयाना शाक्यलाई सम्मान गरेकाे थियाे ।

प्रतियोगिता मिस नेवा: सकिना महर्जन, मिस नेवा: प्रलिशा शाक्य र मिस नेवा: सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवा: कृषा महर्जनको संयोजनमा सम्पन्न भएकाे थियाे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.