माघ ३, काठमाडौँ । बौद्धमा चिनिया लामाका वंशजहरूबीच एकतामा आएका छन् । आज बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख रिन्पोछे चिनिया लामा भुपति बज्र लामाको निवासमा भएको भेटघाट तथा छलफलबाट एकता भएका हुन् ।
चिनिया लामाको बौद्ध परिसरमा रहेको ऐतिहासिक पुरानो पहेलो निवास मर्मत तथा पुनःनिर्माण र संरक्षण गर्ने विषयमा छलफलपछि एकता भएको बताइएको छ । लामा वंशजले आफ्नो विरासतलाई कायम राख्दै बौद्ध र राष्ट्रकै अस्तित्व जोगाउन आफूहरू एक भएको जानकारी दिए । बौद्धमा गलत मनशाय भएका तत्वहरू सल्बलाउन थालेको गोप्य सूचना प्राप्तपछि चिनिया लामा वंशजले एक भएर विश्व सम्पदा सूचिकृत बौद्ध र गुठीको अस्तित्व समेत जोगाउन लागि परेको बताइएको छ । विभिन्न समय बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख रिन्पोछे चिनिया लामा भुपतिबज्रलाई पूजापाठमा अवरोध पु¥यनाउने र कमजोर बनाउने हेतुले विभिन्न व्यक्ति समूह निरन्तर लागि रहेकोले उनीहरू एकता भएर अघि बढ्ने प्रतिबद्धतता जनाएका छन् ।
छलफलमा धार्मिक तथा ऐतिहासिक संग्रहालयको निर्माण गर्ने, बौद्धको गरिमालाई विश्वमाझ चिनाउने, चिनिया लामा वंशजह एकअर्कामा सम्पर्क बढाउने लगायत रणनीतिक विषयमा समेत छलफल भएको जनाएको छ । भुपति बज्र लामाले पवित्र धार्मिक क्षेत्र बौद्धनाथमा राजनीति र बाहिरी हस्तक्षेप बढ्दै गइरहेको जानकारीहरू सतहमा आएको भन्दै त्यस्तो गलत कार्य रोक्न सम्पूर्ण बौद्ध धर्मलम्बी नागरिक तथा बौद्धबासीलाई विशेष आग्रह गरेका छन् । धर्म र बौद्धको अस्तित्वलाई समाप्त पार्न केही व्यक्ति र समूह नै लागिरहेको भन्दै सचेत र सजग हुन समेत उनले आग्रह गरेका छन् ।

बौद्धका केही व्यक्ति तथा समूहहरू आर्थिक र राजनीतिक चलखेलसहित पदको दूरूपयोग गर्दै अन्तरिम ससरकारका केही मन्त्रीहरूलाई गुठी पुजारी प्रमुख चिनिया लामाबारे गलत सूचना दिएर बौद्ध क्षेत्रलाई दुषित बनाउन खोजिएको छलफलमा रहेका एक सदस्यले आरोप लगाए । ती व्यक्तिहरूले आफ्नो पदको दूरूपयोग गर्दै धर्म मास्ने कार्यमा सक्रिय भूमिका बुन्दै आएको विशेष जानकारी प्राप्त गरेकोले बौद्ध धर्मलम्बीहरू र सम्बन्धित पक्षहरू सचेत हुनुपर्ने बताए ।

चिनिया लामा भुपतिबज्रले भने– ‘नविराउनु नडराउनु’ हामी गलत कार्य कदापी गरेका छैनौ गर्दैनौ पनि, सत्यको जीत आवश्य हुन्छ आम नागरिकलाई भ्रम छरेर पाउने केही होइन एक न एकदिन त्यसको सजाय भोग्नु पर्छ’ । जब खराब आचारणका व्यक्तिहरू सार्वजनिक पदमा पुग्छन् तब पदको दुरूपयोग गर्दै मनपरी गर्न थाल्छन्, त्यस्तो कार्य रोक्नु र सचेत गराउन हामी सबैको दायित्व हो, छलफलमा सुनाए ।

