असोज १६, काठमाडौं । सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा ३० सदस्यीय ‘उद्योग वाणिज्य प्रवर्द्धन संवाद परिषद’ गठन गरेको छ । असोज ५ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सोमबार परिषद गठन गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार सरकार र निजी तथा व्यावसायिक क्षेत्रबीच अन्तक्र्रिया, समन्वय र समझदारी प्रवर्द्धन गर्दै लगानीका अवसर पहिचान गर्ने, लगानी प्रवर्द्धन गर्ने, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना र आय वृद्धि गर्ने तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई पूर्णता दिने उद्देश्यले संवाद परिषद गठन गरिएको हो । परिषदमा सरकारका तर्फबाट प्रधानमन्त्री अध्यक्ष, उद्योग, वाणिज्य तथा आपूर्ति, अर्थ, ऊर्जा, जलस्रोत तथा सिंचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सदस्य रहनेछन् ।
नका तर्फबाट सुरज बैद्य, जगदीशलानिजी तथा व्यावसायिक संघसंगठल अग्रवाल, सीपी शर्मा, अनुपमा खुँजेली, प्रमिला रिजाल आचार्य, अम्बिका श्रेष्ठ, पद्म ज्योती, उपेन्द्र महतो, वसन्त चौधरी, रविभक्त श्रेष्ठ, आङछिरिङ शेर्पा, कैलाश सिरोहिया, विश्वास ढकाल, नकिम उद्दिम, लोकमान्य गोल्छा र चीरञ्जीविलाल अग्रवाल परिषदमा सदस्य छन् । त्यसैगरी पदेन सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली संघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल बैंकर्स एसोसिएसन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल र महिला चेम्बर अफ कमर्सका अध्यक्ष रहनेछन् ।

