असल मान्छे छैन् भने जति अवसर दिएपनि मुलुक बन्दैन – चन्द्र भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पद बाँडेर र ठूला घर बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न नसक्ने जिकिर गरेका छन्। उनले कांग्रेसको ३४ वर्ष यस्तै गरेर विताएको आलोचना गरे।

आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले व्यक्ति विचारले चल्ने तर अवसरले नचल्ने बताए।

उनले भने,‘अब परिवर्तन र नयाँ सोचको आवश्यक छ। पदमाथि पद बाँडेर ,ठूला घर बनाउने अवसर दिएर, गाडी बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न सक्दैनरहेछ। यो हाम्रो ३४ वर्षको उदाहरण हो। व्यक्ति विचारले चल्छ अवसरले चल्दैन्। सही मानिसमा अवसर गए मुलुक बन्छ। असल मान्छे छैन् भने जति अवसर दिएपनि मुलुक बन्दैन।’

त्यस्तै उनले आफ्नो वरिपरी आफ्नो कार्यकर्तालाई शासन सत्ता दिएर मुलुक बन्दैन रहेछ भन्ने महशुस आज सबैलाई भएको धारणा राखे।

नेता भण्डारीले आफूहरूको लक्ष्य प्रजातन्त्र जोगाउनु भएको बताउँदै देश अप्ठ्यारो अवस्थामा रहेको बेला आगामी निर्वाचनबाट एक ढिक्का भएर जानुपर्ने बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.