सुदन गुरुङले दिए जाँचबुझ आयोगलाई बयान

पुस १४, काठमाडौं । जेनजी प्रतिनिधि तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई बयान दिएका छन् ।

गुरुङले हालसम्मका सबै आर्थिक कारोबारका कागजातसहित आफूले आज आयोगलाई बयान दिएको बताएका हुन् । हामी नेपालसँग आबद्ध भएका आर्थिक कारोबारसम्बन्धी हालसम्मका सम्पूर्ण कागजात ढण्डासहित छानबिन आयोगमा उपस्थित भएको छु,’ उनले फेसबुकमा लेखेका छन् । आफूमाथि लगाइएका आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा आफू स्वयं अघि बढेको उल्लेख गर्दै गुरुङले लेखेका छन्, ‘हामीमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु।’

छानबिनबाट सत्य उजागर हुनेमा विश्वास व्यक्त गर्दै उनले लेखेका छन्, ‘सत्य कहिल्यै डराउँदिनँ। आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेको छु।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.