प्रख्यात हिमाल आरोही मिङ्मा शेर्पाद्वारा संखुवासभा भोटे गुम्बालाई पाँचलाख सहयोग

पुस २, काठमाडौँ । समाजसेवी तथा प्रख्यात हिमाल आरोही मिङ्मा शेर्पाले काठमाडौको गोकर्णेश्वरमा निर्माणाधिन संखुवासभा भोटे गुम्बालाई पाँचलाख रुपैया सहयोग गरेकाछन् । गिनिज बुक वल्र्ड रेकर्डर शेर्पाले गुम्बाको निरिक्षण गर्दे संखुवासभा भोटे गुम्बाका अध्यक्ष ताप्चेन भोटेलगायतका पदाधिकारीलाई भेटेर गुम्बाको हालको निर्माणको अवस्थाबारे जानकारी समेत लिएका छन् ।

सेभेन समिट ट्रेकका अध्यक्षसमेत रहेका शेर्पाले संखुवासभाको भोटखोलाबाट आएर काठमाडौमा गुम्बा निर्माणले सद्भाव र एकतालाई थप मजबुत बनाएको बताए । उनले अन्य जिल्लाभन्दा संखुवासभाको पहिचान र परिचय बिशिष्ट रहेको पनि बताए । गुम्बा निर्माणले भोटेसमूदायको पवित्रतालाई दर्शाएको उनको भनाई थियो । उनले समाजमा इमान्दार मान्छेले चाडै प्रगति गर्ने भन्दै भोटे समुदायले गुम्बा निर्माण गरेकोप्रति खुशी व्यक्त गरे । उनले आफ्नो सहयोग निरन्तर रहने वचन पनि दिए । छोटो समयमै संखुवासभा भोटे गुम्बाको निर्माणको प्रगति भएको भन्दै शेर्पा समुदायको पनि गुम्बा निर्माणको अठोट रहेको बताए ।

उन्ले सबै क्षेत्रमा आफूले निस्वार्थ सहयो गर्दे आएको पनि उल्लेख गरे । संखुवासभा भोटे गुम्बा र समुदायले पनि समामजसेवी शेर्पाले गरेको पवित्र सहयोगको स्वागत गर्दे धन्यवाद दिएका थिए । नेपाल बौद्ध धर्म संरक्षण संघका अध्यक्ष मिथुन चाङबा भोटेले गुम्बा निर्माणको काम तिव्र रुपमा भई रहेको भन्दै सहयोग लागि पनि सबैसंग आग्रह गरे ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.