एक जोडी हात्ती लिएर भैरहवाबाट कतार उड्यो जहाज

पुस २, काठमाडौँ । कतारलाई नेपाल सरकारले उपहार दिएको एक जोडी हात्तीलाई आज कतार पठाइएको छ।

हात्तीलाई लिएर भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको कार्गो जहाज केहीवेर अघि उडेको हो। खगेन्द्रप्रसाद र रुद्रकली नाम गरेका एक जोडी हात्ती कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटरमा कतार उडेको हो। मंगलवार ति प्रेमिल जोडीलाई चितवनबाट भैरहवा पुर्‍याइएको थियो। भैरहवाबाट ४ घण्टामा कतार पुग्ने जनाइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.