मंसिर २९, काठमाडौँ । काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका वडा नं. ३ बालुवामा निर्माण भइरहेको श्री संखुवासभा भोटे गुम्बाको लागि दक्षिण कोरिया बस्ने गिन्दिन फिन्जो भोटेद्वारा आर्थिक सहयोग गरेका छन् ।
हाल दक्षिण कोरियामा रहेका संखुवासभा जिल्ला भोटखोला–३ हटिया निवासी फिन्जो भोटेले भोटे समुदायको साँस्कृतिक पहिचान र सामाजिक सेवा भावबाट निर्माण भइरहेको उक्त गुम्बालाई रू. पच्पन्न हजार पाँच सय पच्पन्न रूपैयाँ आर्थिक सहयोग गरेको गुम्बाका संस्थापक अध्यक्ष मिथुन भोटेले जानकारी दिएका छन् । सहयोग रकमले गुम्बाको सर्वांगीण विकासका लागि राहत पुग्ने सांस्थापक अध्यक्ष भोटेले विश्वास व्यक्त गरेका छन् ।
भोटे समुदायकै पहिलो गुम्बाको रूपमा स्थापना भइरहेको काठमाडौँ संखुवासभा भोटे गुम्बामा सामाजिक, धार्मिक, साँस्कृति एवम् नेतृत्व विकासको लागि कार्य सम्पादन गरिने बताइएको छ । गुम्बालाई सहयोग गरेकोमा गुम्बा व्यवस्थापन परिवारले सहयोगी मनका धनी गिन्दिन फिन्जो भोटेको स्वास्थ्यलाभ गर्दै आगामी दिनहरूमा पनि सकारात्मक साथ र सहयोगको अपेक्षा गरेका छन् ।

