चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

पुर्ण बहादुर मगर । मंसिर २७, चितवन । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो बिशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा सम्मान गरिएको हो। अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगर बाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयर बाट अञ्जु कार्की, युवा उद्यमी वर्ष बाट प्रदिप शर्मा, युथ आइकन अफ द इयर बाट सुमिना चौधरी सम्मानित हुनुभयो। यस्तै, राप्ती रत्न अवार्ड राजेन्द्र प्रसाद सिलवाललाई, राप्ती हिरो अवार्ड वालकृष्ण थपलियालाई प्रदान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट महिला जनप्रतिनिधि विधाबाट ग्रेस तामाङ्ग र महिला उद्यमी वर्ष २०८२ बाट सिता गुरुङ्ग सम्मानित हुनुभयो। सम्मानित व्यक्तित्वहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले यस्ता अवार्डले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाउने विश्वास व्यक्त गरे।

अवार्ड वितरण भुमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिं लामा, राप्ती नगरपालिका वडा नं ३ का अध्यक्ष शिवकान्त वली, वडा नं ५ का अध्यक्ष सिताराम वल, कार्यपालिका सदस्य कविता राई, नगरसभा सदस्य ममिता कुवर र सहदेव सेढाई, नगरस्तरीय मेलमिलाप केन्द्र समितिकी संयोजक दिलकुमारी थिङ्ग, विभिन्न वडाका वडा सचिव, लैङ्गिक अधिकारकर्मि उत्तम थापा,राप्ती प्याव्सनका अध्यक्ष दिपक सारु लगायतका विशिष्ट व्यक्तित्वहरूले गर्नुभएको थियो ।

हाम्रो राप्ती एफ.एम. र बिशाल न्युज को आयोजनामा, राप्ती नगरपालिका र हेटौडा उपमहानगरपालिका को प्रवद्र्धनमा सम्पन्न कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। आयोजकले आगामी दिनमा पनि समाजमा सकारात्मक योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.