शंकराचार्यद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

असोज १६, काठमाडौं । आदि शंकराचार्यले चन्द्रागिरिमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् ।

चन्द्रागिरि हिल्सका संस्थापक सेयर सदस्य मीनबहादुर गुरुङले शंकराचार्यलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका हुन् । चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै शंकराचार्यले महादेव भालेश्वरको निवासस्थल चन्द्रागिरि पर्वत अत्यन्तै रमणीय र पवित्र रहेको कुरा उल्लेख गरे । नयाँ योजनाका साथ निर्माण भएको भालेश्वर महादेवको मन्दिरलगायत चन्द्रागिरि परिसरको उपयुक्त हेरचाह देखेर आफु प्रशन्न भएको उल्लेख गर्दै परियोजना सफलताको शुभकामना व्यक्त गरे ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.