परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डासहित पत्रकारसँग छलफल

मङ्सिर २३, काठमाडौं । असन्तुष्ट पक्षलाई मिलाएर लैजान आग्रह गरे।नेजाका पूर्व क्षेत्रिय संयोजक किसन रेग्मीले उम्मेदवारका एजेण्डा महत्त्वपूर्ण हुने र निर्वाचित भएपछि पनि यस्ता सुझाव संकलन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रमको अन्त्यमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चण्डी भण्डारीले उठेका प्रश्नहरूको जवाफ दिँदै आफ्नो टिमले समाजले दिएका एजेण्डालाई आफ्नो टिमको एजेण्डा बनाउदै कार्यान्वयन गर्ने बताए । टिममा देशलाई सेवा गरेका कर्मठ साथीहरु हुनुहुन्छ, जस्ले अब समाजलाई सेवा गर्न तयार रहेको बताए । “जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हो’ भन्ने मान्यतामा हामी चल्छौं,” उनले भने, “समाजले हामीलाई एजेण्डा दिन्छ, हामी त्यसलाई कार्यान्वयन गर्ने पात्र मात्र हौं। टिम जनक केवल सेवाका लागि आएको हो।”

कार्यक्रमको सहजिकरण नेपाली समाज टेक्ससका पूर्व महासचिब सन्देश उप्रेतीले गरेका थिए भने कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चण्डी भण्डारी, उपाध्यक्ष पदका उम्मेदवार गुन्जन भण्डारी, महिला उपाध्यक्ष पदका उम्मेदवार राधिका खराल, सचिव पदका उम्मेदवार सुशिल बर्तौला, कोषाध्यक्ष पदका उम्मेदवार भोला मैनाली, सह कोषाध्यक्ष पदका उम्मेदवार रिनजिङ्ग लामा, युवा तथा विद्यार्थी संयोजक आदर्श भण्डारी, खेलकुद संयोजक उजित अधिकारी, र महिला संयोजक पदका उम्मेदवार यमुना थापा, कार्यकारी सदस्य पदका उम्मेदवारहरूमा प्रकाश नेपाल, रमेश थापा, अर्जुन बम, कृष्ण प्रसाई र उत्पल खड्का लगायतका सदस्यहरूको उपस्थिति थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.