दाइजो र बकसपत्रमा पनि सौतेनी छोराको हक लाग्ने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले सौतेनी आमाको सम्पत्तिमा सौतेली सन्तानको हक लाग्ने फैसला गरेको छ ।

सर्वाेच्चका न्यायाधीश डा.नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले सैतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति भए पनि त्यसमा सौतेली सन्तानको हक लाग्ने व्याख्यासहितको फैसला गरेको हो ।

शशी पराजुलीले जिल्ला, उच्च र सर्वोच्च तीनै अदालतमा आमाबाट बकसमा पाएको सम्पत्ति सौताका छोरालाई अंश दिन नपर्ने दाबी गर्दै मुद्दा दायर गरेकी थिइन् । तर, उनको यस्तो जिकिरमा सौतेनी छोराको पनि हक लाग्ने फौसला तीनै तहका अदालतले गरेका हुन् ।

उक्त मुद्दामा २०८१ चैतमा सर्वोच्चले सम्पत्तिमा सौतेनी छोराछोरीको समान हक हुने व्याख्यासहितको गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको हो ।

विमातृक सम्पत्ति सौतेनी छोराले नपाउने परिकल्पना कानुनलेसमेत नगरेको सर्वोच्चले गरेको फैसलाको व्याख्यामा उल्लेख गरेको छ । साथै अंशबन्डासम्बन्धी कानुनमा आमा शब्दले सौतेनी आमासमेत र छोरा शब्दले सौतेनी छोरासमेतलाई समेटेको फैसलामा उल्लेख छ ।

सवोच्चको फैसलामा भनिएको छ, ‘आमाछोरा वा सौतेनी आमाछोराबीच फरक नगरेको अवस्थामा स्त्री अंशधनको महल अन्तर्गत हुने सम्पत्ति आफ्नो हाँगातर्फका छोराछोरीलाई मात्र बन्डा लाग्ने, सौतेनी छोराछोरीलाई बन्डा नलाग्नेभन्दा समान पुस्ताका अंशियारबीच बन्डा घटीबढी हुन गई सबै अंशियारको बराबर बन्डा गर्नुपर्ने अंशबन्डासम्बन्धी स्वीकार्य मान्यता र कानुनी व्यवस्थासमेतको विपरीत हुने देखिन्छ ।’

सर्वोच्चका अनुसार बाबुआमाले बकसपत्र, दाइजो जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पति भएपनि सौतेनी छोराछोरीलाई दिनुपर्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.