मंसिर १७, काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी कर्मचारीमाथि कुटपिट गर्नुका साथै धनमाल लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– २० चिकामुगलका ४१ वर्षीय निरज चित्रकार र काठमाडौं महानगरपालिका– १० का ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् । २४ भदौको प्रदर्शनमा उनीहरूले काठमाडौं महानगरपालिका– २४ स्थित विशालबजारमा खटिएका प्रहरी कर्मचारीमाथि कुटपिट गरेको प्रहरीको आरोप छ ।
काठमाडौं महानगरपालिका– २० स्थित काष्ठमाण्डप मरुटोलबाट मंगलबार पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । पक्राउ परेका चित्रकार यसअघि पनि ज्यान मार्ने उयोगमा प्रहरी वृत्त जनसेवामा मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

