कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्दैछ । १५औँ महाधिवेशनको मिति टुंगो लागेपछि समितीका संयोजकसमेत रहेका महामन्त्री गगन थापाले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन्।

पार्टीले आगामी पुस २६–२८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । समितिले आजदेखि क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक काम सुरू गर्न लागेको समिति सदस्य प्रकाश रसाइलीले जानकारी दिए । कांग्रेसलाई छोटो समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाब छ ।

अधिकांश शीर्ष नेताका जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान हुन सकेको छैन । कांग्रेसको झण्डै नौ लाख क्रियाशील सदस्यमध्ये तीन लाखले मात्र नवीकरण गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.