आयल निगमको घाटा एक अर्ब २९ करोड

असोज १६, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै ६४ करोड ५७ लाख घाटा भएको छ । उहाँका अनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजेलमा चार रुपैयाँ ४३ पैसा, खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ ७५ पैसा र डिजेल ३० रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।
–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.