एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै

काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ।

रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ। तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अंक तालिकाको छैटाैं स्थानमा छ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अंक तालिकामा शीर्ष स्थानमा छ। यो टोलीले ६ अंक बटुलेको छ।

अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन्। यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.