मंसिर ९, काठमाडौँ । लामो समयदेखि बौद्धनाथ महास्तूपको डोम प्रवेशद्वारमा रहेको विवाद समाधानका लागि स्थानीय सरकार र प्रहरी प्रशासनमा पत्रचार गरेको छ ।
गुठी संस्थान प्रधान कार्यालय धार्मिक तथा साँस्कृति सम्पदा संरक्षण शाखाले विवादको अन्त्य गरि नियमित रूपमा सञ्चालन गर्नुपर्ने पर्व र पूजापाठ जस्ता कार्यमा अवरोध नगर्न पत्रचार गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको निर्देशनमा पटक–पटक धार्मिक मूल्य मान्यता विपरित गतिविधि गर्दै बौद्धनाथ महास्तूप डोम प्रवेशद्वारमा समेत ताला तोडफोड गरि आफुखुसी पुनः ताला चावी लगाउँदै दैनिक सञ्चालन हुने पूजापाठ समेतलाई अवरोध पु¥याउने कार्य भएको भन्दै उजुरी परेपछि गुठी संस्थान प्रधान कार्यालयले गुठी संस्थान ऐन २०३३ को व्यवस्था वमोजिम राजगुठीका सम्पदा, सम्पत्ति माथि गुठी संस्थानको हक दायित्व हुने र सोही व्यवस्थावमोजिम गतिविधि गर्न श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकारमाथी हस्ताक्षेप नगर्न स्थानीय सरकारलाई सहजीकरण गरि कानुन वमोजिम कारवाही गर्न आग्रह गरेको छ ।
अध्यक्ष लामा आफू नियुक्ति भइ आएदेखि बौद्ध धर्मको अस्तित्वमाथी पटक–पटक प्रश्न खडा हुने कार्य गर्दै आएकोले स्थानीय तथा बौद्ध धर्मलम्बीहरू समेत आजित भएको आरोप लागेको छ । बौद्ध धर्म आस्थाको केन्द्र महास्तूपमाथी सर्वसाधारणको प्रवेश गराई धार्मिक कार्यमा खलल पु¥याउने कार्य गरेको र अस्तित्व मेट्ने कार्य गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष लामा आफैले लामा पोशकमा रहेका घ्याङ गुठीका कर्मचारीमाथी हातपात र गाली बेइज्जती गरेको भन्दै प्रहरी प्रशासनमा समेत निवेदन परेको थियो । उनले जबरजस्ती ताला फोडेर बौद्ध स्तूपमाथी सर्वसाधारणलाई प्रवेश गराइएको आरोप छ । लामा पोशकमा रहेका धार्मिक गुरूहरूमाथी गाली बेइज्जत गरि सिंगो बौद्ध धर्ममाथी नै घृण फैलाउने कार्य गरेको भन्दै सो क्षेत्र विकास समितिका सदस्य जानुका भण्डारी विरूद्ध समेत जाहेरी दिएको बुझ्न आएको छ ।
गुठी संस्थान मातहतको राजगुठीका सम्पदा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको सञ्चालन व्यवस्थापनमा संस्थानको दायित्व रहेको हुँदा बौद्धनाथ स्तूप परिसरमा रहेका सम्पदा, सम्पत्तिहरू र सो गुठीका परम्परा बमोजिमको साँस्कृतिक कृयाकलापहरूको संरक्षण, बन्दोबस्त, सञ्चालन तथा व्यवस्थापन गर्न गुठी संस्था ऐन २०३३, गुठी संस्थान विनियम, २०४९ र महन्त पुजारी लगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७, चिनियाँ लामा नियुक्ति सम्बन्धि कार्यविधि २०७८ बमोजिम काम, कर्तव्य र अधिकार तोकी चिनिया लामा (पुजारी) नियुक्ति गरि जिम्मेवारी दिइएको जनाइएको छ । संस्थानले परपूर्वकालदेखि संरक्षण तथा व्यवस्थापन गर्दै आएको शान्तिका प्रतिक बुद्ध तथा बौद्धधर्मसंग पवित्र तिर्थ स्थलमा बौद्धनाथ क्षेत्र विकास समितिबाट बारम्बार भइरहेको विवाद तथा अवरोध हटाउन सरोकारवालाहरूलाई समेत आग्रह गरेका छन् ।


