अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

कात्तिक २९, काठमाडौं । संगीतकार तथा गायक अनिल अधिकारीले आफ्नो नवीनतम सिर्जना ‘कस्ले भनेको’ सार्वजनिक गरेका छन्।

आफ्नै शब्द तथा संगीतमा तयार भएको यो गीत अनिल अधिकारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। गीतमा अनिल अधिकारीलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन्। जीवनप्रतिको उत्साह, सकारात्मक सोच र प्रेमभावलाई रमाइला शब्द र सहज लयमा प्रस्तुत गरिएको यो गीतको एरेन्जर सारिता राई हुन्। गीतको भिडियो निर्देशन नवेश खड्काले गरेका छन् भने छायांकन उद्धव दाहालले सम्हालेका छन्।

भिडियोमा पछिल्लो समय चलचित्र क्षेत्रमा लोकप्रियता कमाएकी सानिसा भट्टराईले आकर्षक नृत्य–अभिनय प्रस्तुत गरेकी छन्। उनलाई आशिर्वाद क्षेत्री र स्वयं अनिल अधिकारीले साथ दिएका छन्। नेवारी कला–संस्कृति, परम्परागत पोसाक र पुरातन वास्तुकलाका झल्काहरू समेटिएको भिडियोले गीतलाई थप सांस्कृतिक गहिराइ प्रदान गरेको छ।

नेपाली संगीत क्षेत्रमा निरन्तर मौलिकता र भावना पोख्ने सर्जकका रूपमा स्थापित अधिकारीका ‘साझको बतासले’, ‘सम्झ त्यो दिन’जस्ता गीतहरू पहिले नै चर्चित भइसकेका छन्। दर्शक–श्रोताप्रति आभार व्यक्त गर्दै उनले भने, “मेरा गीतलाई दर्शकले दिएको माया मेरो ठूलो प्रेरणा हो। ‘कस्ले भनेको’ले सबैमा नयाँ ऊर्जा र खुसी फैलाओस् भन्ने आशा छ।”

संगीत, शब्द, स्वर र मनमोहक दृश्य संयोजनले चम्किएको ‘कस्ले भनेको’ले नेपाली संगीत बजारमा ताजगी र उमंगको नयाँ अनुभूति ल्याउने आशा व्यक्त गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.