कात्तिक २२, काठमाडौँ । नेपाल तामाङ कलाकार संघको १८औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशन सम्पन्न भएको छ ।
शनिबार बौद्धमा सम्पन्न अधिवेशनले अध्यक्षमा पुनः विशाल काल्तनलाई सर्वसम्मत चयन गरेको छ । अध्यक्ष काल्तनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति भएको छ । नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रोशन फ्युवा तामाङ, उपाध्यक्षमा सुबास मोक्तान, महासचिवमा खेम मोक्तान, सचिवमा योगेश लामा, र कोषाध्यक्षमा बैरागी मोक्तानलाई चयन गरेका छन् ।
त्यस्तै सदस्यहरूमा जीवन बम्जन, जितु लोप्चन, सुमिना लो, अस्मान लोप्चन, रेश्मा बम्जन, मिलन थिङ, मिन योन्जन, बसन्ती लामा, लक्ष्मी स्याङ्तान, शुभ तामाङ, प्रतिक मोक्तान, मदन ग्लान, अभि लामा, प्रकाश वाईबा र त्रिलोक लामा रहेका छन्।
अध्यक्षको पदभार ग्रहण गर्दै विशाल काल्तनले तामाङ कलाकारको सिर्जनशीलता, पहिचान र अधिकारको संरक्षणका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाए। नवनिर्वाचित अध्यक्ष काल्तनले कलाकार संघलाई तामाङ कलालाई राष्ट्रिय स्तरमा पुर्याउने र नयाँ पुस्तालाई अवसर दिने उदेश्यसहित सबै विधाका कलाकारहरू अटाउने साझा घरको रूपमा विकास गर्दै लाने प्रतिबद्धतता गरे ।
कार्यक्रममा संघका संस्थापक, वरिष्ठ कलाकार, सञ्चारकर्मी र तामाङ समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण र आगामी वर्षका नीति तथा कार्यक्रम पारित गरिएको थियो।

