नियमित महाधिवेशनमा काँग्रेस कुनै पनि हालतमा पछाडि हट्नुहुँदैन  

कात्तिक २१, काठमाडौँ । नेपाली काँग्रेसका विभिन्न जिल्लाका काठमाडौँमा उपलब्ध सम्पर्क समितिका सभापतिहरूको बैठकले नेपाली काँग्रेसको १५ औँ महाधिवेशन नियमित रूपमा गर्न माग गरेको छ ।

आज काठमाडौँको नयाँ बानेश्वरमा बसेको बैठकले जो सभापतिमा निर्वाचित भए पनि काँग्रेसको महाधिवेशन समयमा नै गर्न माग गरेको हो ।
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालयमा बसिरहेका बेला सम्पर्क समितिका सभापतिहरूले नियमित अधिवेशन गर्न दबाब दिएका हुन् ।  नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यले काँग्रेसले आफ्नो अधिवेशन बिना सर्तमा समयमै गर्नुपर्ने र नियमित अधिवेशन हुन नसकेका केही समय थपेर भए पनि विशेष महाधिवेशन गर्नुपर्ने विचारमा सबै उपलब्ध साथीहरू सहमति भएको जानकारी दिए ।

काँग्रेस महामन्त्री गगन कुमार थापाले अधिवेशन समयमै गर्न मितिसहित प्रस्ताव गरेका छन् भने वरिष्ठ नेता डा शेखर कोइरालाले कुनै पनि हालतमा फागुन २१ गतेभित्र अधिवेशन सम्पन्न भई नयाँ नेतृत्वबाट चुनाव हुनुपर्ने बताएका छन् ।   नेपाली काँग्रेसले आफ्नो अधिवेशन महामारीमा बाहेक ४ वर्षभन्दा पछाडि कहिल्यै धकेल्न नहुने र जेएनजी पुस्ताको मागअनुसार नयाँ नेतृत्व आई पार्टी रूपान्तरण गर्नुपर्ने माग गरेको सभापति आचार्यले बताए । नेतृत्व पुरानो आए पनि अधिवेशनबाट अनुमोदन गर्नुपर्ने उपस्थित सभापतिहरूले माग गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.