प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्विकार

कात्तिक १२, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ।

बुधबार भएको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपनाप्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा समिल्लित संवैधानिक इजलासले विपक्षीलाई सात दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ।

‘आदेश जारी हुनु नपर्ने कानुनबमोजिमको आधार र कारण भए सोसमेत खुलाई सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली २०७१ को नियम १९ बमोजिम यो आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक ७ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू’ आदेशमा भनिएको छ, ‘साथै निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदनको अन्तिम सुनुवाई हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा निवेदन मागदाबी बमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.