भारतविरूद्ध नेपालको २–१ गोलको जित

कात्तिक १०, काठमाडौं । नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ। सोमबार भारतको सिलोङमा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २–१ गोलको जित निकालेको हो।

नेपालको जितमा दुवै गोल सावित्रा भण्डारी साम्बाले गरिन्। उनले खेलको दोस्रो मिनेटमै गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन् । साम्बाले ६३औँ मिनेटमा अग्रता दोब्बर पारेकी थिइन् । भारतले ८१ मिनेटमा गोल फर्कायो । उसका लागि करिश्मा सिर्भोइकरले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन् ।

यसअघि पहिलो खेलमा नेपालले इरानसँग हार ब्यहोरेको थियो । भारतको सिलोङमा इरानसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३–० ले पराजित भएको थियो।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.