चितवन राइनोजमा तीन विदेशी खेलाडी अनुबन्ध

काठमाडौं । चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । टोलीले इंग्ल्यान्डका स्टार ब्याटर डाविड मलानसहित रवि बोपारा र सोहेल तनभिरलाई टिममा समावेश गरेको हो ।

रवि बोपारा र सोहेल तनभिरले पहिलो संस्करणको एनपीएलमा पनि खेलिरहेका थिए । चितवनले उनीहरूलाई यस पटक ‘रिटेन’ गरेको हो ।  नयाँ खेलाडीका रूपमा भने राइनोजले इंग्ल्यान्डका अनुभवी ब्याटर मलानलाई टिममा अनुबन्ध गरेको हो ।

३८ वर्षीय बाँयाहाते ब्याटर मलानले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ६२ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै १८९२ रन बनाइसकेका छन् ।  अनुभव र आक्रामक खेल शैलीका कारण उनले चितवनको ब्याटिङ लाइनअपलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । चितवन राइनोज आगामी एनपीएल संस्करणमा उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.