घट्यो कुखुरा मासुको मूल्य

असोज २९, काठमाडौं । बजारमा कुखुरा मासुको मूल्य घटेको छ। आज बुधबारदेखि लागू हुने गरी मासुको भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।

कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको महासंघले जनाएको छ।

जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ४० रुपैयाँ कायम भएको छ। यसअघि जिउँदो कुखुरा किलोको २ सय ५० रुपैयाँ थियो।

यस्तै, तयारी कुखरा मासुको मूल्य प्रतिकिलो १५ रुपैयाँले घटेको छ। यसअघि ३ सय ४५ रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीले बताए।

यतिबेला कुखुरा उत्पादनमा वृद्धि भएका कारण मासुको मूल्य घटेको उनले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.