झुटा विवरण मार्फत लिएको अनुदान ३ महिनाभित्र फिर्ता गर्न निर्देशन

असोज १५, काठमाडौं । पुनर्निर्माण प्राधिकरणले झुटा विवरण पेश गरी आवास निर्माण गर्ने भूकम्प पीडितबाट अनुदान रकम फिर्ता लिने भएको छ । अनुदान रकम फिर्ता नगर्नेलाई सरकारी बाँकीसरह लगत राखेर असुल उपर गर्नेसम्मको नीति सरकारको छ ।

भूकम्पबाट निजी आवास क्षतिग्रस्त भएकोमा बाहेक सोही स्थान वा नेपालभर अन्य स्थानमा बस्न योज्ञ घर भई अनुदान रकम लिने व्यक्तिबाट समेत रकम फिर्ता लिने निर्णय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले गरेको हो । आज सार्वजनिक सूचना जारी गरी प्राधिकरणको अनुदान रकम लिएकाहरुलाई रकम फिर्ता गर्न निर्देशन लिएको हो । आज सूचना जारी भएको मितिले ३ महिनाभित्र झुटा विवरणमार्फत लिएको अनुदान फिर्ता गर्न भनिएको छ । यस्तै प्राधिकरणले एकभन्दा बढी स्थानबाट निजी आवास पुनर्निर्माणका लागि रकम लिएको भए सो रकम पनि फिर्ता गर्न सूचित गरेको छ ।

प्राधिकरणले रकम फिर्ताका लागि सबै जिल्लास्थित आयोजना कार्यान्वयन इकाईमा सम्पर्क राख्न पनि सूचनामा भनेको छ । यस्तो लगत बाँकी रहेका व्यक्तिको हकका राज्यले उपलब्ध गराउने सेवा सुविधा रोक लगाउनेसम्म निर्णय लिन सक्नेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.