४ डीआईजी एआईजी बढुवाका लागि सिफारिस

असोज १२, काठमाडौं। नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो।

राठौरलाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा सिफारिस गरिएको छ। चतुरवेदीलाई मधेश प्रहरी कार्यालय, जनकपुरधाम, श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल तथा विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा दरबन्दी सिफारिस गरिएको छ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.