दशैंलाई लक्षित गरी सुरक्षाका लागि देशैभरी ५० हजार सुरक्षाकर्मी परिचालन

असोज ११, काठमाडौं । नेपाल प्रहरीले नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गरेर सुरक्षाका लागि देशैभरी करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालले देशैभरीका सुरक्षा युनिटले विशेष महान पर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेको हो । भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्ति सुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेको प्रहरीले बताएको छ। सम्भावित जोखिम क्षेत्र समेत पहिचान गरी विशेष निगरानी बढाइएको प्रहरीको भनाइ छ ।

आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने र सादा पोसाकमा प्रहरी परिचालन हुने भएको हो । काठमाडौं उपत्यकामा मात्रै ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने गरी तयारी गरिएको छ । मुख्यगरी सवारीसाधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला, जमघटमा मदिरा खाएर होहल्ला, झगडा गर्ने तथा चोरी तस्करीलगायत आपराधिक घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरानी गरिएको प्रहरीले बताएको हो ।

त्यस्तै, कालोबजारी र तोकिए भन्दा बढी सावारी भाडा लिने लगायत गतिविधिको पनि निगरानी भइरहेको समेत प्रहरी कार्यालले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.