विश्वविद्यालयहरूले तीन महिनाभित्र नतिजा प्रकाशित नगरे अनुदान रोक्का हुने

असोज ७, काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ३ महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले मन्त्रालयमा आज आफूले काम तुरुन्त अगाडि बढाउन ३ वटा साना निर्देशन दिएको भन्दै यस्तो चेतावनी दिएका हुन् । उनले भने,ʻकेही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन् । विद्यार्थीहरूको लागि त्यो अपूरणीय क्षति हो ।

त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने । समयमा मै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरी दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन् ।ʼ

Mahabir Pun 

मन्त्रालयमा आज मैले काम तुरुन्त अगाडी बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-
१) नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।
२) केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।
३) त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने।
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.