असोज ३, काठमाडौं । गोकर्णको राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्कमा संविधान दिवस मनाएको छ।
गत भदौ २३ र २४ गते जेन्जी समूहको प्रदर्शनमा ज्यान गुमाएका सहिदहरु लगायत विभिन्न कालखण्डमा वीरगति प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधान दिवस मनाइएको हो ।
पार्क समितिको आयोजनामा व्यवस्था र अवस्था परिवर्तनका निम्ति भएको विभिन्न आन्दोलनहरुमा ज्यान गुमाउन पुगेका सहिदहरूप्रति सम्मान र पुष्प गुच्छा अर्पण गर्दै सहिदहरूको रगत र सपनालाई पूरा गर्ने प्रतिबद्धतासहित वृक्षरोपण समेत गरेका छन् ।

नयाँ संविधान जारी भएको १० वर्ष पूरा भएको छ । ०६२/०६३ सालको जनआन्दोलनपछि आएको शान्ति प्रक्रियाबाट २०७२ सालमा नयाँ संविधान-२०७२ जारी भएको थियो। सो संविधानलाई टेकेर विभिन्न परिवर्तनहरु काम हुन नसकेको भन्दै आम नागरिकहरु चिन्तित छन् ।
संविधानमा भएको विभिन्न बाधा अड्चनलाई समयअनुरूप संशोधन गर्दै जानुपर्ने आम नागरिकको मागअनुसार पछिल्लो समयमा आन्दोलन, जुलुस र विरोधहरु भइरहेका छन् ।
राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्कका अध्यक्ष सुदर्शन सिग्देलको अध्यक्षतामा शुक्रबार आयोजित त्यस कार्यक्रममा सहिद परिवारका सदस्यहरू, जनाअन्दोलनका घाइतेहरुका साथ निवर्तमान प्रतिनिधि सभा सदस्य एवं अर्थ समितिका सभापति सन्तोष चालिसे, बागमती प्रदेश सरकारका पूर्वमन्त्री बिमल ठकुरी, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल, वडाध्यक्षहरु र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।
कार्यक्रममा बोल्दै पूर्व सांसद सन्तोष चालिसीले जेन्जी आन्दोलनको घटनाले सबैलाई स्तब्ध बनाएको बताएका छन । आन्दोलन अनिमियतता र भ्रष्टाचार विरुद्धको थियो, तर केही घुसपैठ भएकोले मुलकुले अतुलनीय क्षति व्यहोरेको बताए । यस्तो विषम परिस्थितिमा सबै मिलेर जुट्नुको विकल्प नभएको बताए । पूर्व सांसद चालिसेले आन्दोलनमा मृतवरण गरेका युवा,विद्यार्थीहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत छन् ।
पार्क अध्यक्ष र परिकल्पनाकार सुदर्शन सिग्देलले देशभर विभिन्न परिवर्तनका आन्दोलनहरू र नागरिक आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा शान्ति स्मारक पार्क स्थापना गरिएको बताए । देश सहित परिवारहरूको न्याय र घाइतेहरूको उचित सम्मानका लागि पार्कले विभिन्न कालखण्डमा कार्यक्रमहरू गर्दै आइरहेको बताए ।

