जनमतका ६ नेताले दिए सामूहिक राजीनामा

काठमाडौं । जनमत पार्टीका ६ शीर्ष नेताहरूले सामूहिक राजीनामा दिएका छन् । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनीहरुले आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् ।

पार्टी अध्यक्षलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनीहरूले नेपालका विषम परिस्थिति र जनमानसको अपेक्षाअनुरूप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको र नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै नेताहरूले अपमान गरेको आरोप लगाएका छन् ।

आफूहरू कुनै प्रकारको पद स्वार्थको राजनीतिमा सामेल नहुने बताउँदै जनभावना तथा नयाँ पुस्ताको चाहना अनुरूप जेनजी पुस्ताकै नेतृत्वमा सामेल भई सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.