शान्ति र सद्भाव कायम राख्न राष्ट्रिय सहिद पार्कबाट आह्वान

भदौ २७, काठमाडौँ । जेनजी पुस्ताको आन्दोलन र त्यसपछिका घटनाक्रमले गर्दा देश संकटमा गएको भन्दै नागरिक समूह लगायत विभिन्न संघसंस्था तथा समूहहरूले एक भएर राष्ट्र निर्माणको लागि पहल गरेका छन् ।

राष्ट्र, राष्ट्रियता र संविधानको रक्षा सहित समाजमा शान्ति सुरक्षा कायम गराउन नागरिक स्वयम् सचेत र सजग हुनुपर्ने अवस्था आएको निष्कर्षसहित आज गोकर्णेश्वर नगरपालिका स्थित जगडोलमा रहेको शान्ति तथा राष्ट्रिय सहिद स्मारक पार्कबाट युवा, पुर्व सुरक्षाकर्मी, पत्रकार र पार्क अध्यक्ष लगायतको भेलाले शान्ति र सामाजिक सद्भावका लागि एक मन भएर अगाडी बढ्न आह्वान गरेका हुन् ।

सहिद पार्क तथा जगडोलमा आन्दोलनकारीहरूले आगजनी गरेको नवनिर्मित प्रहरी चौकी भवनको अवलोकन गर्दै स्थानीय संघसंस्था, समूह र सरोकारवालाहरूको सहयोगमा पुनः प्रहरी निरीक्षकसहितको टोलि ल्याउने पार्क तथा बनका अध्यक्ष सुदर्शन सिग्देलले बताए । आज स्थानीय संघसंस्थाका प्रतिनिधि,  महिला समूह र खेलाडीहरूको सहयोगमा उक्त जलेको प्रहरी चौकी भवन सरसफाई गरेको बताए ।

अनुगमन तथा  भेलामा पार्कका अध्यक्ष सुदर्शन सिग्देल, प्रारम्भ खबरका सम्पदक तथा सूचना अभियन्ता भीम लामा, पूर्व सुरक्षाकर्मीका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागीता रहेका थिए ।

भेलाले प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरू तथा सुरक्षाकर्मीहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै सम्पूर्ण घाइतेहरुको शीघ्र र निशुल्क उपचार गर्नको निम्ति राज्यलाई जोडदार माग गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा विभिन्न तत्वहरू मिसिएर विध्वंसक आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक गतिविधिमा लागेकोमा चिन्त व्यक्त गर्दै सबै नागरिक संयमता अपनाई असल नागरिकको पहिचान देखाउनुपर्ने बताएका छन् ।

एकआपसमा सहकार्य र सद्भावको भावना देखाई शान्ति सुरक्षालाइ खलल पु¥याउने गतिविधि रोक्न एकजुट हुन आग्रह गरे । त्यस आन्दोलनबाट अबको दिनमा राजनीतिक व्यवस्था निर्माणमा जानेहरूले महत्वपूर्ण पाठको रूपमा मनन गरि देशलाई पुनः एक पटक समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताए । मुलुक संकटको बेला विदेश शक्तिहरूको चलखेल बढ्ने सम्भावना रहेको भन्दै सचेत नेपाली नागरिकले खबदारीलाई नरोक्न अपिल गरेका छन् ।

त्यस्तै सहि सूचनाको पछि लाग्न र गलत तथा भ्रमक सूचनाको पछि नलाग्न आग्रह गर्दै सामाजिक सञ्जालको सहि सदुपयोग गर्नुपर्ने पत्रकार भीम लामाले बताए । आन्दोलनकै क्रम र बद्लिदो घटना क्रममलाई अतिरञ्जित बनाउने देशी तथा विदेशी समूहहरू सक्रिया रहेको बताउँदै वास्तविक सूचना र समाचारलाई मात्र विश्वास गर्न आग्रह गरे । उनले साँस्कृतिक र पुरातत्विक सम्पदाहरूको संरक्षण र पुनःनिर्माण गरि नेपालको पहिचान स्थापित गराउन समेत अनुरोध गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.