काठमाडौंको सुरक्षा नियन्त्रणबाहिर

भदौ २४, काठमाडौं । काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर गएको छ । नेता तथा मन्त्रीका घरहरूमा आगजनी तथा केही प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ ।

सुरक्षा अवस्था चारवटै सुरक्षा संगठनको नियन्त्रणबाहिर गएपछि नेताहरूलाई सुरक्षित ठाउँतर्फ सार्न थालिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिन नसक्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराइसकेका छन् । विभिन्न सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको छ । भैंसेपाटीस्थित मन्त्री क्वार्टरभित्र समेत प्रर्दशनकारी छिरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.