म्यासेडोनियाः नाम परिवर्तन गर्न भएको मतदानमा आवश्यकभन्दा निकै कम मत

असोज १५, काठमाडौं । म्यासेडोनियाको नाम नर्थ म्यासेडोनिया परिवर्तन गर्न भनी भएको मतदानमा आवश्यक भन्दा निकै कममात्रै मत खसेको छ।

प्रारम्भिक परिणामका अनुसार जनमत संग्रहमा ५० प्रतिशत मत खस्नुपर्ने भए पनि एक तिहाइ भन्दा थोरै बढी जनसंख्याले मात्रै मत खसालेका छन्। तर जनमत संग्रहमा भाग लिएका ३६ प्रतिशत योग्य मतदातामध्ये चाहिँ ९० प्रतिशतले म्यासेडोनियाको नाम परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा मत खसालेका छन्। म्यासेडोनियाका प्रधानमन्त्री जोरन जाएबले बहुमतको इच्छाको कदर गर्न संसदलाई अपिल गरेका छन्।

कम सहभागिता
प्रधानमन्त्रीले उक्त प्रस्तावलाई संसदले समर्थन नगरे चाँडै चुनावको आह्वान गर्ने चेतावनीसमेत दिएका छन्। अहिलेसम्म ८५ प्रतिशत मतगणना सकिइसकेको छ। राष्ट्रपतिसहितका केही राष्ट्रवादीहरूले आइतवारको जनमतसंग्रह बहिष्कार गर्न गरेको आह्वानको असर मतदाताहरूमा परेको देखिन्छ। सन् १९९१ मा युगोस्लाभियाबाट छुट्टिएपछि म्यासेडोनिया स्वतन्त्र घोषित भएको थियो।

आह्वान
तर ग्रीसले भने आफ्नो नयाँ छिमेकीको नामलाई लिएर सधैँ आपत्ती जनाउँदै आएको छ। म्यासेडोनिया नै नाम रहेको क्षेत्र भएको ग्रीससँगको लामो समयदेखिको जारी विवाद अन्त्य गर्ने उद्देश्यले यो मतदान गरिएको थियो। यदि नाम परिवर्तन भए एथेन्सले म्यासेडोनियाको युरोपेली संघ र नेटोसँगको सदस्यता आह्वानमा रहेको आपत्ति अन्त्य गर्ने सहमति जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.