भदौ २२, हेटौंडा । नेपाल र चीनबीच आजदेखि संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो ।
‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको यो अभ्यास १० दिनसम्म काठमाडौंमा हुनेछ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार यसपटकको सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता लगायत विषयमा ज्ञानको आदानप्रदान हुनेछ ।

