समाजवादी प्रेस संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन फागुनमा हुने

भदौ १५, काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको तेस्रो राष्ट्रिय  महाधिवेशन फागुनको २९ र ३० गते हुने भएको छ ।

शनिबार काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको तेस्रो बैठकबाट मिति तय गरेको हो। बैठकले विभिन्न प्रस्ताव सहित संगठनको तेस्रो महाधिवेशन सम्पन्न गर्न कार्ययोजना समेत बनाएको छ। फागुनको २९ र ३० गते रूपन्देहीको लुम्बिनीमा महाधिवेशन सम्पन्न गरिने बैठकले निर्णय गरेको छ।

 नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पार्टी उपाध्यक्ष एवं प्रेस संगठनका इन्चार्ज प्रकाश ज्वालाको विशेष अतिथ्यमा सम्पन्न बैठकले संगठनको मूल संरचना निर्माण,  जिल्ला र प्रदेशहरूको अधिवेशन सम्पन्न गराउन निर्देशन दिएको छ ।

सोही अवसरमा समाजवादी प्रेस संगठनका सल्लाहकार किशोर श्रेष्ठलाई विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई तथा सम्मान गरिएको थियो । बैठकले  राष्ट्रिय महाधिवेशनमा वितरण गर्ने गरी दुई वटा पुरस्कार घोषणा गरेका छन । ५० हजार राशिको प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार र १५ हजार राशिको सुरेश रजक फोटो पत्रकारिता पुरस्कार  घोषणा गरिएको छ ।

समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा भएको सो बैठकले प्रेसमाथि भइरहेको विभिन्न हस्तक्षेप विरुद्ध आवाज उठाउने र पटकपटक  राज्यपक्षबाट प्रेसमाथि भइरहेको धम्की तथा अंकुशप्रति खबरदारीका कार्यक्रम  अगाडि बढाउने निष्कर्ष निकालेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.