तियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुईपक्षीय भेटवार्ता भएको छ ।
सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा शनिबार (भदौ १४) अपराह्न यहाँ आइपुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग तियानजिन अतिथिगृहमा भेटवार्ता गरेका हुन् ।
त्यसअघि, उनले प्रधानमन्त्री ओलीलाई उक्त गृहमा स्वागत गरेका थिए । रासस

