नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

भदौ १३, काठमाडौं । नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए।

वर्तमान आईजीपी दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन् त्यसपछि खापुङको नियुक्त लागू हुनेछ। खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन्।

नवनियुक्त आईजीपी खापुङले अगामी भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शनिबार) छिमेकी राष्ट्र चीन भ्रमणमा जाँदैछन्। चीन भ्रमणमा जानुपर्ने भएकाले केही दिनअघि नै नयाँ आईजीपी नियुक्त गरिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.