चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘माइतीघर’ सार्वजनिक

भदौ १३, काठमाडौं । चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘माइतीघर’ सार्वजनिक भएको छ ।

बिहीबार सार्वजनिक गरिएको गीतमा बलिउड गायिका सञ्जिवनीको स्वर छ । किरण खरेलको शब्द रचना छ । यो गीत २९ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’को शीर्ष गीतको रि–रेकर्ड हो । यसअघि भने यो गीतमा आशा भोस्लेको स्वर थियो । गीतको भिडियोमा चलचित्रकी नायिका उपासना सिंह ठकुरी छिन् । थुप्रै कोरस प्रयोग गरेर तयार गरिएको भिडियोमा सुन्दर प्राकृतिक दृश्य खिचिएको छ ।

चलचित्रलाई मिलन तामाङको निर्देशन गरेका छन् । रोहित अधिकारीको निर्माणमा तयार भइरहेको चलचित्र दसैँको फूलपातिबाट रिलिज हुँदै छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.