क्विन्स KTM लायन्स क्लब, न्यूयोर्कको तीज विशेष कार्यक्रम भव्य सम्पन्न

भदौ १२, न्यूयोर्क । क्विन्स KTM लायन्स क्लब, न्यूयोर्कले आयोजना गरेको तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाली महिला समुदायको महान पर्व तीजलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यता र क्लबकी अध्यक्ष शान्ती जिरेलको सभापतित्वमा कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा क्लबका चार्टर अध्यक्ष रुद्र पुन, पुर्व अध्यक्ष अशोक कार्की र डिस्ट्रिक्टबाट रिजन चेयर दिपक राज घिमिरे, क्लवकी निवर्तमान अध्यक्ष तथा जोन चेयर रश्मी श्रेष्ठ, जोन चेयर केईथ विल्लिएम, क्विन्स बुद्ध चार्टर अध्यक्ष कृष्ण आचार्य, पुर्ब क्लब अध्यक्ष तथा जोन चेयर अर्जुन गौडेल, क्लब अध्यक्ष सोनु मल्ल, क्लव निवर्तमान अध्यक्ष चन्द्र नेपाली, क्लब प्रथम उपाध्यक्ष बुद्ध पौडेल, क्लब द्वितिय उपाध्यक्ष पुर्ण बहादुर पाईजा मगर, मिडिया पर्सन तथा मकै हाउस मिडिया संस्थापक बिक्की पुलामी, बरिष्ठ नृत्य निर्देशक गोविन्द राई, नेपाली अमेरिकन कलाकार संघ अध्यक्ष वसन्ती राई, ग्रेटर सुदुर पश्चिम समाज अमेरिकाका अध्यक्ष टिबी भण्डारी, नेपाली अमेरिकन नर्सेस एसोसिएयनकी संस्थापक अध्यक्ष सुनिता भण्डारी, रास्वपा नेपालकी न्युयोर्क शाखा संयोजक शान्ती गुरुंग, तारा-किशन फाउण्डेशनकी अध्यक्ष तारा धामी, अन्तराष्ट्रिय प्रवासि महिला समाजकी अध्यक्ष कुन्ती थापा , बाग्लुंग समाज अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष जिवनाथ कंडेल र महासचिव जिवन दास सुनार बिशेष अतिथीको रुपमा उपस्थित रहेको कार्यक्रममा न्यूयोर्क र आसपास क्षेत्रका नेपाली समुदाय, सामाजिक अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको साथै बिदेशी पाहुना सहित उल्लेख्य उपस्थिति रहेको थियो। परम्परागत तीज गीत, नृत्य, सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले कार्यक्रममा उत्साह थपेका थिए।

क्लवकी प्रथम उपाध्यक्ष रुपा शाहले स्वागत मन्तव्य राख्ने क्रममा कार्यक्रमलाई प्रतक्ष्य अप्रतक्ष्यरुपमा सहयोग पुर्याएका सम्पुर्णलाई धन्यबाद व्यक्त गर्दै पाल्नु भएका सम्पुर्णलाई स्वागत गर्नुभएको थियो । भने प्रमुख अतिथि नेपाली महावाणिज्यदूत भण्डारीले कार्यक्रममा बोल्दै तीजजस्ता पर्वहरूले प्रवासमा बसोबास गर्ने नेपालीलाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै “प्रवासमा यस्ता कार्यक्रमहरूले नेपाली समुदायलाई अझ नजिक ल्याउने मात्र होइन, नयाँ पुस्तामा संस्कृतिको मूल्य र महत्त्व प्रेषण गर्ने अवसर पनि दिने” कुरामा जोड दिनु भएको थियो ।

त्यस्तै, कार्यक्रमकी सभापति तथा क्लब अध्यक्ष शान्ती जिरेलले सहभागी सबैप्रति आभार व्यक्त गर्दै लायन्स क्लबले निरन्तर सामाजिक सेवा र समुदायको हितमा कार्य गर्दै आएको बताइन्। उनले भनिन्,
“हामीले यो कार्यक्रम नेपाली महिलाको महान पर्व तीजको सम्मानमा आयोजना गरेका हौं। हामिले बिगत ४ बर्षदेखि निरन्तररुपमा संस्कृतिको संरक्षणसँगै आपसी भेटघाट र एकताको सन्देश दिने मुख्य उद्देश्यता साथ गर्दै आईरहेका छौ”

मिष्ठान्न भोजन र बिबिध कार्यक्रमले सम्पन्न कार्यक्रमलाई सफल बनाउनको लागी अहोरात्र खट्ने क्लबका अन्य सदस्यद्वयहरु तिज कार्यक्रम संयोजक तथा क्लव प्रशासक आशा पाण्डे, क्लब द्वितिय उपाध्यक्ष अरुणा तामांग, क्लब सचिव निशा तामांग, क्लब कोषाध्यक्ष निक्की गौचन, क्लब मेम्बरशिप चेयर करुणा श्रेष्ठ, क्लब मार्केटिंग चेयर भगवती कार्की, क्लब सर्भिस चेयर देवी गौत्तम र क्लब डिरेक्टर विष्णु तामांग रहेका थिए ।

क्लब निवर्तमान अधक्ष्य तथा जोन चेयर रश्मी श्रेष्ठले क्लब अध्यक्षको रुपमा ३ कार्यकाल नेतृत्व लिए देखि निरन्तररुपमा गर्दै आएको तिज बिशेष कार्यक्रम र क्लबलाई यस् उचाई सम्म पु्र्याउन गरेको अथक प्रयास र योगदानको चौतर्फी प्रसंशा भएको थियो ।

कार्यक्रमको सुरुवातीमा कलाकार संघकी अध्यक्ष बसन्ती राईले सुमधुर नृत्य प्रस्तुत गरेकी थिईन र क्लबका सम्पुर्ण सदस्यहरु र आगन्तुकहरु पनी संगै नृत्य गर्दै सुरुवात भएको कार्यक्रमको मध्य भागमा बरिष्ठ लोक तथा दोहोरी गायक बिमल डॅागीले आफ्नो केही प्रस्तुतीले नचाएका थिए भने सहभागीहरूले तीज विशेष नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतिको भरपुर आनन्द लिएका थिए। समुदायबीचको भातृत्व र आत्मीयताले कार्यक्रमलाई अझ रंगीन बनाएको सहभागीहरूको भनाइ थियो। कार्यक्रमको उद्घोष मिंग्मा शेर्पाले गरेकि थिईन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.