एमाले नेता ऐन महर पक्राउ, आजै अदालत लगियो

भदौ ११, काठमाडौं । नेकपा (एमाले)का नेता ऐन महर पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भोटाहिटीबाट पक्राउ गरेको हो ।

ब्युरोका एसपी दीपकराज अवस्थीले पीडितले हुलाकमार्फत दिएको निवेदनका आधारमा महरलाई पक्राउ जानकारी दिए ।

उनका अनुसार, महरलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

उनीमाथि एक महिलाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालबाट अभिव्यक्ति दिएको आरोप लागेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.