ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

भदौ १०, काठमाडौं। नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बनाउने भएको छ।

मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेका न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

संसदीय सुनुवाइ समितिका सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने पदाधिकारी बैठकले निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो।

समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदानको समय तोकिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.