फिप्नाद्वारा बहुआयामिक यूवा ब्यक्तित्व बिक्की पुलामी सम्मानित

भदौ ४, न्युयोर्क । नेपाल आदिवासी जनजाती महासंघ, अमेरिकाले बहुआयामिक यूवा ब्यक्तित्व बिक्की पुलामीलाई “Appreciation Award” द्वारा सम्मान गरेको छ ।

गत अगस्ट ९,२०२५ शनिबारका दिन नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका ( फिप्ना)ले ३१ औ विश्व आदिवासी दिवसको अवसरमा गरिएको बृहत कार्यक्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहि आदिवासी समुदाय लगाएत नेपाली डाएस्पोरामा समुदाय केन्द्रित मिडिया हाउस मकै हाउस सामुदायिक मिडिया मार्फत समाजमा पुर्याएको अतुलनिय योगदानको उच्च कदर गर्दै खडग बहादुर पुलामी (बिक्की)लाई महासंघले एप्रिसिएसन अवार्डले सम्मान गर्दै भविष्यका दिनमा अझै प्राभावकारी ढंगबाट समाजलाई योगदान पुर्याउन सकोस् भनि हौसला प्रदान गरेको हो ।

फिप्नाका क्षेत्रिय उपाध्यक्ष पुर्ण बहादुर पाईजा मगरको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा फिप्ना अध्यक्ष तोरण गुरुंग र न्युयोर्क स्थित नेपाली महावाणिज्यदुतावासको कार्यालयका महावाणिज्यदुत दधिराम भण्डारीको संयुक्तहातबाट “एप्रिसिएशन अवार्ड” हस्तान्तरण गरेको हो ।

मकै हाउस मिडिया न्युयोर्कमा बिगत २०१८ बाट नियमितरुपमा समुदायलाई केन्द्रित गर्दै संचालनमा आएको मिडिया हाउस हो । मकै हाउस अनलाईन टिभी र मकै हाउस न्यूज.कम मार्फत अमेरिकी समाज बिशेष गरी न्युयोर्क समाजका हरेक गतिबिधीहरुलाई सम्प्रेषण गर्दै आईरहेको मिडिया हाउस हो ।

पुलामीले बिगत २०१८ देखि न्युयोर्कमा निरन्तररुपमा मकै हाउस मिडिया मार्फत संचारकर्मलाई निरन्तरता दिदै मिडिया हउसको संस्थापक/प्रस्तोता र समाचार सम्प्रेषण गर्दै समाजलाई शुसुसित गर्दै आईरहेको छ ।

पुलामी संचारकर्म संगै ईभेन्ट होस्टमा कहलिएका नाम हुन्, न्युयोर्कमा हुने हरेक ठुला र महत्वपुर्ण ईभेन्टमा बिक्कीले होस्ट गर्ने गरेका छन् ।
“नेपाल डे परेड” लगाएत सयौ मुख्य ईभेन्ट होस्ट गरिसकेका बिक्की ईभेन्ट होस्टमा कहलिएका प्रोफेसनल होस्ट हुन् ।

संचारकर्म, ईभेन्ट होस्ट संगै लायन्स क्लब्स ईन्टरनेशनलको न्युयोर्क स्थित नेपाली लायन्स क्सब क्विन्स बुद्ध लायन्स क्लबको अध्यक्ष र जिल्लाको क्षेत्रिय अध्यक्षको रुपमा समेत रहि समाजमा सामाजिक योगदानमा महत्वपुर्ण भुमिका खेलिसकेका छन् । कोरोना महामारीको जटिल समयमा पनि जर्सि सिटी र क्विन्स न्युयोर्क केन्द्रित रही “एक परिवार , एक बक्स फर्स्ट एड किट” अभियान चलाई स्वास्थ्य सामग्री र खाधान्न सहयोगमा अग्रभुमिका खेलेका एक सामाजिक योद्धा पनि हुन् बिक्की ।

संगै पुलामीले अमेरिकामा रहि ६० भन्दा धेरै म्युजीक भिडियोको निर्देशन पनि गरिसकेका छन् । हाल सम्म अमेरिकामा सबै भन्दा धेरै म्युजिक भिडियो निर्देशन गर्नेमा पहिलो सुचिमा उनि पर्छन् । दिलीप रायमाझी, केकी अधिकारी, रिमा बिश्वकर्मा, बर्षा राउत, रंजिता गुरुंग, पार्बती राई, शंकर बिसी, रियासा दाहाल, गोबिन्द राई, शिव बिक, सौरमराज तुलाधार र अकेशा बिष्ट लगाएत धेरै चर्चित नामहरुले पुलामीको निर्देशनमा सहकार्य गरिसकेका छन् ।

पुलामीले नेपाल रहदा २ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । “जिन्दगी रक्स” चलचित्रमा मुख्य खलपात्रको रुपमा सशक्त अभिनय गरेका पुलामी अभिनेता समेत हुन् ।

अभिनय संगै पुलामी सन् २००३ मा कराते खेलका पिता थानेश्वर राई मार्फत सितोरियो करातेमा ब्लाक बेल्ट समेत हासिल गरेका छन् , कराते खेलमा समेत राम्रो रहेका पुलामी २००७ मा तोंग ईल मोदो युनिफाईड मार्सल आर्टमा दोस्रो व्लाक बेल्ट प्राप्त गर्दै नेपालमा उक्त मार्सल आर्ट खेललाई नेपालमा बिस्तार गर्न महत्वपुर्ण भुमिका खेलेका थिए ।

बिगत २००५ देखि निरन्तररुपमा स्वयंसेवाको क्षेत्रमा निरन्तररुपमा काम गर्दै आईरहेका पुलामीले सन् २०१० मा ग्लोबल पिस भोलिएन्टरको केन्द्रिय संयोजकको रुपमा नेतृत्व गर्दै काठमाण्डौको बिभिन्न स्कुल, कलेजमा अध्ययनरत १० हजार स्वयंसेवकलाई एकै साथ बाग्मतीमा उतार्दै बाग्मती सरसफाई अभियानको कार्यक्रमलाई तिव्र गतीमा अगाडी बढाउदा मुख्य भुमिका खेलेका थिए । पछि २०१२ को मध्यमा आएर प्रधानमन्त्रीको कार्यालय मार्फत नेपाल सरकारले बाग्मती सरसफाईको अभियानलाई आफ्नो मातहतमा ल्याएका थिए ।

“सबैको लागी शिक्षा” नारा सहित पुलामी र समुहको नेतृत्वमा काठमाण्डौको कृष्ण मा.वीं छैमले, सर्लाही, ईटहरी, काभ्रे, सुदुर पश्चिममा धनगढी लगाएत स्थानहरुमा ७ सामुदायिक पुस्तकालय पनि स्थापना गरिसकेका छन् ।

नेपालमा “युवामा स्वयंसेवाको संस्कार” को स्थायित्वको निमित्त नेपालको काठमाण्डौ लगाएत बिभिन्न स्थानमा सयौ १ दिने र ३ दिने “स्वयंसेवाको माध्य्ययमबाट नेतृत्व” नामक सेमिनारहरु पनी संचालन गरिसकेका छन्।

उहि पुलामी हाल न्युयोर्कलाई कर्मभुमी बनाउदै आफ्ना सकारात्मक कर्मलाई निरन्तरता दिदै आईरहेका छ्न । पुलामी संगै फिप्नाले पत्रकार मच्छे देवी गुरुंग र लिम्वु जातीको चलचित्रकर्मी दल प्रसाद लिङदेनलाई बिशेष एप्रिसिएशन अवार्ड द्वारा सम्मान गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.