पर्यटन यातयात ब्यवसायी संघको अध्यक्षमा भिम बहादुर गोले निर्वाचित

भदौ २, काठमाडौँ । नेपाल पर्यटन यातयात ब्यवसायी संघको अध्यक्षमा भिम बहादुर गोले निर्वाचित भएका छन् ।

संघको २२ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो। यस निर्वाचनमा गोलेको नेतृत्वमा रहेको पूरै टिम निर्विरोध निर्वाचित भएको छ। अध्यक्ष पदका लागि गोलेको मात्रै उम्मेदवारी परेकाले प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद तिवारीले गोलेलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विनोद तामा, उपाध्यक्षमा रामकुमार बस्नेत, महासचिव भरत प्रसाद तिमिल्सना, सचिवमा टेकबहादुर पुन र कोषाध्यक्षमा तेजमान लामा चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा बाजिराम घिमिरे, हरिकृष्ण हुमागाइ, विष्णु बहादुर कार्की निर्वाचित भएका छन् ।

यस अघि नै १० औं अधिवेशन सम्पन्न भइसकेको संघको ११ औं अधिवेशनमा गोले समूहले आफ्ना ९ बुँदे एजेन्डाहरू अघि सारेको थियो। ती एजेन्डाहरूमा
१. एम्बोस्ड नम्बर प्लेटमा पर्यटन यातायातको पहिचान कायम राख्ने,
२. कम्पनीको नाममा रहेका रातो नम्बर प्लेटका सवारीसाधनहरूलाई सहज सञ्चालन गर्न दिने,
३. सरकारसँग पार्किङको सुविधा माग गर्ने,
४. व्यवसायीहरूलाई समय(समयमा प्रशिक्षण दिने
५. हरेक प्रदेशमा संघको प्रादेशिक कार्यालयहरू स्थापना गर्ने जस्ता विषयहरू समावेश छन्।

पर्यटन यातायात व्यवसायीहरूको हकहित र व्यावसायिक प्रवर्द्धनका लागि २०६० सालमा स्थापित उक्त संघको २२ औं साधारणसभा यही भदौ ५ गते काठमाडौँको लाजिम्पाट स्थित होटल शंकरमा आयोजना हुने जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.