भदौ १, काठमाडौं । शनिबार दिउँसो २ बजे परेको अविरल वर्षाले काठमाडौं उपत्यका लगायत थुप्रै ठाउँमा क्षती पुर्याएको छ ।
सुन्दरीजल मुलखर्क जाने सडज भत्किएको छ भने आवातजावत अवरुद्ध भएको छ । सडक भत्किने र जमिन भासिएपछी वस्तिका केही घरहरू जोखिम परेको छ ।
गोकर्णेश्वर नगरपालिका वडा १, पर्ने मुलखर्क शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्दछ । जहाँ तामाङ बस्ती बसोबास गर्दै आएका छन् । विकासको गति सुस्त रहेको त्यस गाउँमा प्राकृतिक प्रकोपले वितण्डा मच्चाएपछि स्थानीयहरु सास्ती खेप्नु परेका छन् ।
सोही बाटो हुँदै पर्यटकीय क्षेत्र धाप ड्याम, नुवाकोट, सिन्धुपाल्चोक र रसुवाको गोसाइँकुण्ड पुग्नेछ । तर आजको पानीले गर्दा बाटो क्षेदविछेद भएर सवारी साधन भने जाने अवस्था नरहेको स्थानीयहरु बताउछन् ।

