असोज १४, काठमाडौं । राजधानीको केन्द्रमा रहेको रत्नराज्य क्याम्पसमा कक्षा कोठाको व्यवस्थापन नहुदा विद्यार्थीहरुको पढाईमा अवरोधको सिर्जना बन्दै गएको छ ।
देशभरकै विद्यार्थीहरुको जम्घाट तथा केन्द्रको रुपमा रहेको सो क्याम्पसमा वर्षेनी हजारौ विद्यार्थी भर्ना हुन आउँछन् । देशकै सबैभन्दा पुराना र पत्रकारीता विषय समेत हुने सो क्याम्पसमा अंग्रेजी, राजनीतिशास्त्र, समाजशास्त्र, जनसंख्या, शिक्षा लगायत विषयहरु अध्यपन हुने भएकाले प्राय सबै विद्यार्थीहरुको आकर्षनको केन्द्र बन्दै आएको छ । विहानी, दिवा र रात्री सेवा समेत उपलब्ध भएको क्याम्पसमा व्यवस्थापन पक्षमा कमजोर बन्दै गएको स्नाकत्तोर अध्ययनरत विद्याथीहरुको गुणासो रहेको छ ।
सेमेस्टर प्रक्रिया लागू भएपछि विद्यार्थी अनिवार्य कक्षामा सहभागी हुनु पर्ने भएर पहिलाको तुलनामाा विद्यार्थीका लागि कक्षा कोठाहरुको व्यवस्थापन गर्न नसकिएको क्याम्पस प्रशासन बताउँछन् । विद्यार्थी तथ्यांक तथा विवरणमा अव्यवस्थित भएकै कारण नयाँ शैक्षिक भर्नाको समयमा समस्य भने आईरहेको पाइएको छ । त्यस्तै अहिले स्नाकत्तोर अंग्रेजी विषयका दोस्रो सेमेस्टर अध्ययनरत विद्यार्थीहरु सिट प्लानिङकै समस्याले पढाई अवरोध भएको गुणासो व्यक्त गर्दै आईरहेका छन् । स्नाकत्तोरमा मात्र होईन स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि पनि सिटकै समस्या रहेको छ । उत्त पत्रकारीता विभागमा पनि त्यस्तै समस्या व्यहोर्दै आईरहेको एक विद्यार्थीले बताए । आधुनिक कक्षा सञ्चालनको नाममा डेक्स बेन्चहरु परिवर्तन गरेर जथाभावी थुपारेर राखेको र कक्षा कोठामा भने बस्ने ठाउँ नै नपाएको उनको तर्क छ ।
प्रत्यक्ष रुपमा त्रिभूभवन विश्व विद्यालय अन्र्तगतका आंगिक क्याम्पसहरुमा त्यस प्रकारका समस्य भने एक पटक मात्र होईन पटक–पटक आउने गरेको देखिन्छ, तथापी व्यवस्थापन कमजोरीकै कारण अध्ययनमा अवरोध आएको स्नाकत्तोर अंग्रेजी दोस्रो सेमेस्टरका विद्यार्थीहरुको भनाई छ । क्याम्पस परिसर फोहोर, अव्यवस्थित डेस्क बेन्च र पुरुष शौचालय दूर्गन्धित बनिराख्दा समेत सरसफाई ध्यान नपु¥याएको एक विद्यार्थीले बताए । त्यस्तै प्रत्येक वर्ष भर्ना शुल्क हुने वृद्धिले शिक्षा क्षेत्रको सुधारमा चुनौती बन्दै गएको उनीहरुको आरोप छ ।

