साउन २०, काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा अब बन्ने नयाँ सरकारमा आफ्नो पार्टीबाट सहभागी हुने ६ मन्त्रीहहरुको नाम एमालेले तयार पारेको हो ।
प्रदेश प्रमुखको आह्वानमा आज बानियाँ बागमतीको छैठौं मुखयमन्त्री बन्दैछन् । उनी नेतृत्वको सरकारमा एमालेले दिनेश चन्द्र देवकोटा, मधुसूदन पौडेल, विन्दु श्रेष्ठ, जयराम थापा, किरण थापा मगर र भरत केसीलाई मन्त्री बनाउने भएको हो ।

