पनौतीमा मनाइयो गठेमंगल पर्व

साउन ८, पनाैती। प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टा कर्ण अर्थात् गठेमंगल पर्व  पनाैतीका नेवार समुदायले भव्य रूपमा  मनाएका छन्।

नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यसपर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बुधबार साँझ पनाैतीको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्‍याइ जलाएर पर्व मनाएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.