सुनापतिमा पर्यटनको अधिक सम्भावना : पूर्व राज्यमन्त्री तामाङ

साउन ६, काठमाडौँ ।  रामेछापको सुनापति गाउँपालिकाको आयोजनामा आइतबार काठमाडौँको भृकुटीमण्डप स्थित पर्यटन बोर्डको हलमा गाउँपालिकाले पर्यटनको सम्भावनाबारे अन्तरक्रिया अन्तरक्रिया आयोजना गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री पुर्ण बहादुर तामाङ कान्छारामले सुनापतिमा धेरै भन्दा धेरै पर्यटनको सम्भावना रहेको बताए । सुनापतिलाई खाँडादेवी गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकासम्म कालोपत्रे सडकमार्फत जोड्न सकेमा पर्यटनको सम्भावना थप बलियो हुने प्रमुख अतिथि तामाङले बताए ।

उक्त अन्तरक्रिया कार्यक्रमा पूर्व सांसद श्याम कुमार श्रेष्ठ, नेकपा एस का केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेल, बा. प्रदेश सभा सदस्य युवराज चौलगाईं, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, टानका अध्यक्ष सागर पाण्डे, नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज कमल प्रसाद चौलगाईं, लगायतले पर्यटनको सम्भावनाबारे चर्चा गरेका थिए ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले सुनापतिमा आन्तरिक र बाह्य पर्यटनको विकाश गर्न त्यहाँ होटेल र रिसोर्टहरु पनि खोल्नुपर्ने बताए । उनले भने,सुनापति संवृद्ध बनाउनु सबैको सहयोग आवश्यक छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.