हाम्रा संस्कृति भनेका खुला संग्राहलय हुन् : मन्त्री पाण्डे

साउन ५, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध संगीतकर्मी अरुण थापाको स्मृतिमा गरिएको रचनात्मक कार्यले नेपाली समाजमा सांस्कृतिक चेतना र जागरण ल्याएको बताउनुभएको छ।

२६ औं  स्व अरूण मगरकाे स्मृति दिवसकाे अवसरमा स्रष्टा सम्मान एवम् बृहत् सांस्कृतिक कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले संस्कृति कुनै निर्जीव वस्तु नभई जीवनको आधार र समाजको प्राण तत्व भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “संस्कृति भित्र प्राण छ। हामी खुला सङ्ग्रहालयका रूपमा बाँचिरहेका छौं। हाम्रो भाषा, रहनसहन, खानपान र सोच सबै फरक छन् तर यही विविधता हाम्रो शक्ति हो।”

मन्त्री पाण्डेले नेपालमा हाल १३१ वटा भाषाहरू बोलिने जनाउँदै अझै थप भाषा सूचीमा आउने उल्लेख गर्नुभयो। उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत हुन १०५ निवेदन प्राप्त भइसकेका छन्। “हामी अतिथि देवो भवः भन्ने संस्कारमा विश्वास राख्छौं। अभौतिक सांस्कृतिक पक्षलाई अझ मजबुत बनाउँदै आगामी दिशा तय गर्दैछौं,” मन्त्री पाण्डेले भन्नुभयो।

देउडा, कौणा र विभिन्न जातीय नृत्यहरूलाई अब मुलधारको पहिचानमा ल्याउन थालिएको मन्त्री पाण्डेको भनाइ थियो। उहाँले संस्कृति सम्बन्धी नीति अगाडि बढिरहेको र नीति पारित भएपछि अभौतिक सम्पदाहरूले औपचारिक मान्यता पाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा मगर समुदायकाे संस्कृतिमा योगदान पु¥याएका प्रेम बहादुर थापालाई विशेष रूपमा सम्मान गरिएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.